बाढी र पहिरोले धनकुटाका दुई सडक अवरुद्ध

Published on

काठमाडौं । बिहीबारबाट सुरु भएको वर्षाका कारण दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर,  भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका हुन् ।  

तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ । यो सडक अवरुद्ध भएसँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ ।

यो निर्माणाधीन सडक अवरुद्ध हुँदा धनकुटाको चौबिसे र पाँचथरतर्फबाट आउने सवारी साधनलाई अवरोध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...