बाढी र पहिरोले धनकुटाका दुई सडक अवरुद्ध

Published on

काठमाडौं । बिहीबारबाट सुरु भएको वर्षाका कारण दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर,  भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका हुन् ।  

तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ । यो सडक अवरुद्ध भएसँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ ।

यो निर्माणाधीन सडक अवरुद्ध हुँदा धनकुटाको चौबिसे र पाँचथरतर्फबाट आउने सवारी साधनलाई अवरोध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

काठमाडौं । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व...

खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली...

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...