प्रदेश अस्पताल गोरखामा नर्सहरुको धर्ना

Published on

काठमाडौं । गोरखाको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पतालमा कार्यरत नर्सहरुले शुक्रबार बिहान खि धर्ना दिएका छन् । अस्पताल प्रशासनको भवन अगाडि धर्ना दिँदै हात हातमा प्ले कार्ड लिएर सरकारी नर्सहरु सरह तलब सेवा सुविधा र सुरक्षित वातावरणको माग गर्दै धर्ना दिएका हुन् । 

नर्सहरुले समयमै नियमित तलब नपाएको, कामको भार अत्यधिक बढेको र पद अनुसारको पारिश्रामिक नपाएकाले नर्सहरुले सरकार र अस्पताल प्रशासनले आफ्ना माग बेवास्ता गरेको आरोप लगाएका छन् ।

धर्नामा सहभागी हुनुभएकी नर्स सन्तोषी श्रेष्ठले भन्नुभयो, ‘हामी सेवा गर्न आएका हौं तर हाम्रो श्रमको उचित मूल्य नपाउनु अन्याय भएकाले नर्सलाई शोषण गर्न पाइँदैन भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु हो ।’  

प्रदेश अस्पताल गोरखामा कार्यरत सम्पूर्ण नर्स तथा कर्मचारीले आन्दोलनमा एक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् । अस्पताल प्रशासनका अनुसार आन्दोलनका कारण सामान्य स्वास्थ्य सेबा प्रभावित भएको छ भने आकस्मिक सेवा भने यथावत् राखिएको अस्पतालको जनाएको छ । 

यसअघि देशका विभिन्न अस्पतालमा नर्सहरुको समान मागसहित आन्दोलन गर्दै आएका छन् । गोरखामा सुरु भएको नर्सहरुको धर्नाले बिरामीहलाई असर त पर्दैन भन्ने बिरामीका परिवारले चिन्ता व्यक्त गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...