हरिबोधनी एकादशीका अवसरमा देवघाटधाममा दर्शनार्थीको घुइँचो

Published on

काठमाडौं । आज (शनिबार) हरिबोधनी अर्थात् ठुला एकादशीको पावन अवसरमा देशभरका तीर्थयात्रीहरूको प्रमुख गन्तव्य देवघाटधाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

भगवान् विष्णुको शयनबाट जागरण हुने दिनका रूपमा मनाइने यस पर्वमा स्नान, दान र पूजाआराधनाका लागि भक्तजनहरू बिहान सबेरैदेखि नै गण्डकी र कृष्णगण्डकी नदीको संगमस्थलमा पुगेर पूजापाठमा तल्लीन भएका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार देवघाटधाम नेपालको प्रमुख तीर्थस्थल भएकाले प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन यहाँ देश–विदेशका श्रद्धालुहरूको असाध्यै भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “आजको दिन भगवान् विष्णु शयनबाट जाग्रत हुनुहुन्छ भन्ने धार्मिक विश्वास छ । स्नान र दान गरेर आत्मशुद्धि, आस्था र आध्यात्मिक जागरण प्राप्त हुन्छ भन्ने भावनासँग यो पर्व गासिएको छ ।”

त्यस्तै, दमौलीस्थित व्यास अन्न क्षेत्रका संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले हरिबोधनी एकादशीलाई देवताको जागरण र धर्ममार्गमा मन, वचन र कर्म शुद्ध पार्ने अवसरको रूपमा वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, “दमौलीमा उत्तरतर्फ बग्ने मादी नदीको संगमस्थल विश्वमै दुर्लभ धार्मिक स्थल हो । उत्तरमुखी नदी भएकाले गर्दा  यस स्थानमा स्नान र पूजा विशेष फलदायी हुने विश्वास प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएको छ ।”

व्यास क्षेत्र पराशर ऋषिको तपोभूमि र महर्षि वेदव्यासको जन्मस्थलका रूपमा प्रसिद्ध छ, जहाँ आज पनि मादी र सेतीको संगममा हजारौं भक्तजन पूजापाठमा तल्लीन भएका देखिन्छन् । यसैबिच, वरिष्ठ आयुर्वेद चिकित्सक डा. लक्ष्मीकान्त चापागाईंले यस दिन गरिएको स्नानलाई केवल धार्मिक होइन, शारीरिक र मानसिक शुद्धिको प्रतीकका रूपमा लिनुपर्ने बताउनुभयो । देवघाटधाममा भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र समितिले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा पारेका छन् । हाल हिउँदे वर्षासँगै नदीको बहाव बढेको हुँदा तनहुँ, चितवन र नवलपुर प्रशासनले स्नानस्थलमा विशेष सतर्कता अपनाएको समितिले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...