लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको सह–प्रायोजन

Published on

काठमाडौं । नेपालगञ्जमा मङ्सिर १८ गते हुने प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप  प्रालीले सह–प्रायोजन गर्ने भएको छ । आयोजक रङ्गशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुप  प्रालीका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धि बिजनेस ग्रुप प्रालीका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह–प्रायोजन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका छन् । हामी निरन्तर रुपमा यो अवार्ड कार्यक्रममा सहकार्य गर्न तयार छौं ।’’

सम्झौता अनुसार रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई प्रायोजन गर्नेछ । सम्झौता अनुसार लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीलाई प्रदान गर्ने अवार्डको नाम रोयल समृद्धि उत्कृष्ट पुरुष खेलाडी अवार्ड–२०८२ नामाकरण गरिनेछ । सम्झौता अनुसार उक्त विधालाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले लगातार तीन वर्षसम्म प्रायोजन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशलाई आधार मानेर खेल क्षेत्रमा लागेका खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मानगर्ने उद्देश्यले लुम्बिनी स्पोर्टस अवार्ड आयोजना गर्न लागिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।

लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रम संयोजक चाहना शाहले बताउनु भयो । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...