बैतडी अस्पतालमा तीन विशेषज्ञ चिकित्सकबाट नियमित सेवा सुरु

Published on

काठमाडौं । जिल्ला अस्पताल बैतडीमा अब तीन जना विशेषज्ञ चिकित्सकले नियमित सेवा प्रदान गर्ने भएका छन् । अस्पतालमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ नियुक्त भई सेवा प्रारम्भ गरिसकेका छन् ।

अस्पतालका प्रमुख डा. सुशील विकका अनुसार जनरल फिजिसियन डा. पविन उपाध्याय, स्त्रीरोग विशेषज्ञ डा. रामकुमार यादव र हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र भण्डारीले स्थायी रूपमा कार्यभार सम्हालेका छन् । हाडजोर्नी विशेषज्ञ भण्डारीको आगमनसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या तीन पुगेको उहाँले बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार केही समयदेखि रोकिएको हाडजोर्नी सेवा पुनः सञ्चालनमा आएको छ । उहाँका अनुसार, अब अस्पतालमा हातखुट्टा भाँचिएको उपचारदेखि प्लास्टर, अपरेशन, ढाड र कम्मर दुखाइ, घुँडा सुन्निने वा दुख्ने समस्या, नशासम्बन्धी समस्या, पैताला पोल्ने, जन्मजात हातखुट्टा बाङ्गो हुने तथा दुर्घटनापछि देखिने हड्डीसम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ । अस्पताल प्रशासनका अनुसार विशेषज्ञ सेवाको विस्तारसँगै अब जिल्लाका बिरामीले काठमाडौँ वा अन्य शहर धाउनुपर्ने आवश्यकता घट्ने र स्थानीयस्तरमै गुणस्तरीय उपचार पाउने सम्भावना बढेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...