बैतडी अस्पतालमा तीन विशेषज्ञ चिकित्सकबाट नियमित सेवा सुरु

Published on

काठमाडौं । जिल्ला अस्पताल बैतडीमा अब तीन जना विशेषज्ञ चिकित्सकले नियमित सेवा प्रदान गर्ने भएका छन् । अस्पतालमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ नियुक्त भई सेवा प्रारम्भ गरिसकेका छन् ।

अस्पतालका प्रमुख डा. सुशील विकका अनुसार जनरल फिजिसियन डा. पविन उपाध्याय, स्त्रीरोग विशेषज्ञ डा. रामकुमार यादव र हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र भण्डारीले स्थायी रूपमा कार्यभार सम्हालेका छन् । हाडजोर्नी विशेषज्ञ भण्डारीको आगमनसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या तीन पुगेको उहाँले बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार केही समयदेखि रोकिएको हाडजोर्नी सेवा पुनः सञ्चालनमा आएको छ । उहाँका अनुसार, अब अस्पतालमा हातखुट्टा भाँचिएको उपचारदेखि प्लास्टर, अपरेशन, ढाड र कम्मर दुखाइ, घुँडा सुन्निने वा दुख्ने समस्या, नशासम्बन्धी समस्या, पैताला पोल्ने, जन्मजात हातखुट्टा बाङ्गो हुने तथा दुर्घटनापछि देखिने हड्डीसम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ । अस्पताल प्रशासनका अनुसार विशेषज्ञ सेवाको विस्तारसँगै अब जिल्लाका बिरामीले काठमाडौँ वा अन्य शहर धाउनुपर्ने आवश्यकता घट्ने र स्थानीयस्तरमै गुणस्तरीय उपचार पाउने सम्भावना बढेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...