हिउँद लाग्न सुरु भएसँगै खाली हुनथाले गाउँबस्ती

Published on

काठमाडौं । दसैँ तिहार सकिएसँगै बाजुराका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन् । भारतको नौकरी गर्दै आएका यहाँका स्थानीय दसैँ तिहार मनाउँन घर आएकाहरु दसैँ तिहार सकिएसँगै फेरि नौकरी गर्न भारतमा जान सुरु गरेपछि यहाँका गाउँ बस्ती पनि दिनानु दिन खाली हुँदै गएका हुन् ।

गाउँमा गरी खाने केही विकल्प नभएपछि आफु पहिलादेखि भारतमा गएर नौकरी गर्दै आएकी थिए । यती बेला दसैँ तिहार बनाउन गाउँमा आएकी हुँ । गाउँमा दसैँतिहार सकिएपछि अहिले फेरि कामको खोजीको लागि भारतमै जान थालेको राधा सार्कीले बुढीगङ्गा नगरपालिकाका स्थानीय दलबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नपढेलेखेकाहरुलाई त गाउँमा केही रोजगार छैन । हामी जस्ता नपढेकाको त कुरा नै नगरौँ । पहिलाका पुस्ताले पनि यसरी भारतमा काम गरी गाउँमा बालबच्चा पाल्यो ।’’

अहिलेको नयाँ पुस्तालाई पनि भारतमै बसेर गाउँमा बाबच्चाहरुलाई पढाउनु पर्ने अवस्था भयो । यहाँ अन्य गरी खाने केही उपाय पनि छैन । छोरा छोरीको पढाई खर्च र आफ्नो भोको पेट पाल्नकै लागि गाउँ छोडेर विदेशीनु परेको सार्कीले बताउनुभयो । बाजुराका अधिकांश स्थानीयहरुको भारतकै भरमा घरमा गुजारा चल्छ । यहाँका युवा युवतीहरु प्राय घरमा बालबच्चा छोडेर नौकरी गर्न भारतमै जाने गर्छन् । पहिला कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउँने समय गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्थ्यो । तर अहिले स्थानीयहरुको खेतीपातीमा खासै चाँसो छैन । भारु नोटको मोहले उनीहरु यसो चाँडपर्वका लागि गाउँ आउने त्यसपछि फेरि भारतमै जाने गर्दछन् ।

यहाँका अधिकांश स्थानीय माघमा माघि चैत वैशाखमा वीसु र असोज कात्तिकमा दसैँतिहार मनाउन मात्र गाउँमा फर्किने गर्दछन् । हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रसस्त जमिन छ । तर त्यो जमिनमा खेती गर्नका लागि सिँचाइ सुविधा छैन । यो अवस्थालाई यहाँका स्थानीय सरकारले मध्यनजर गरिदिएको भए स्थानीयले यसरी गाउँ छोडेर अर्कोको देशमा काम गर्न जानु पर्ने अवस्था हुने थिएन । यता भदौ असोजको समय गाउँमा प्रदेशीले भरिभराउ हुन्छन् । त्यसपछि कात्तिक मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु गर्छन् । प्रदेशीले केही दिन भरिभराउ भएका गाउँबस्ती फेरि खाली हुन्छन् । गाउँ बस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले बढि छ । पहिला बाढीपहिरोले खासै त्यति असर गर्दैन थियो ।

अहिले जिल्लाका अधिकांश गाउँबस्ती पहिरोले तहस नहस पार्दै गएकाले अहिले यहाँका अधिकांश गाउँ बस्ती रितिदै गएका हुन् । जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका लगायतका अधिकांश गाउँबस्ती अहिले खाली हुँदै गएका छन् । यहाँका स्थानीयको आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु धन कमाउनका लागि धमाधम भारतमा जान थालेपछि यती बेला यहाँका गाउँबस्ती खाली हुन थालेका हुन् । गाउँका युवाहरुलाई गाउँमै गरी खाने व्यवस्था मिलाउँनका लागि यहाँका स्थानीय, प्रदेश र सङ्घीय सरकारले समेत केही नगरेको उनीहरु बताउँछन् ।

यहाँका वेरोजगार युवालाई गाउँमै रोजगारी दिने गरी स्थानीय सरकारले पहल कदमी गरेको भए  उनीहरुलाई जन्मभुमीभन्दा पनि प्यारो कर्मभुमी हुने थिएन । गाउँमा हुने गरेका विकास निर्माणका काममा पनि ठेक्का दिने र ठेकेदारले आफु अनुकूलका कामदार ल्याउने गरेकाले पनि धेरै युवाले गाउँमा काम नपाउँने गरेका हुन् ।   गाउँमा भएका काममा पनि डोजरको प्रयोग गर्नु र त्यसमा पनि अन्य ठाउँदेखि सस्तोमा काम गर्ने कामदार ल्याउनुले पनि यहाँका युवाहरुले सधै वेरोजगार हुनु परेको हो ।

प्रधानमन्त्री स्वरोजगारको काम बाहेक अरु युवालाई दनि सक्ने काम केही छैन । त्यसमा पनि थोरैले काम पाउँछन् । गाउँमा धेरै हुन्छन् । काम थोरैले पाउँछन् । युवालाई गाउँमा रोक्न सक्ने त्यस्तो खालको रोजागारीको व्यवस्था गर्न नसकेकाले पछिल्लो समय यहाँका धेरै युवाहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –१ का वडाअध्यक्ष रणबहादुर थापाले बताउनुभयो । नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । त्यसैगरी यहाँको एक लाख ३८ हजार ५२३ जनसङ्ख्या रहेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...