ताप्लेजुङमा अपराधजन्य घटना वृद्धि

Published on

काठमाडौं । ताप्लेजुङमा अपराधजन्य घटना बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी, राष्ट्रसेवकमाथि बाधा अवरोध सिर्जना गर्नेसहित अपराधजन्य घटना बढ्दो क्रममा रहेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार प्रत्येक वर्ष अपराधजन्य घटना बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा अपराजन्य घटना ११ बढि रहेको छ । अघिल्लो आवमा १८१ अपराधका घटना भएकोमा गत आवमा १९२ वटा घटना भएका छन् ।

त्यस्तै आव २०७९/८० मा १६३ वटा अपराधजन्य घटना भएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाको तथ्याङ्क रहेको छ । शाखाको तथ्याङ्क अनुसार जिल्लामा बर्सेनी अपराजन्य घटना बढेको पाइएको छ । अघिल्लो आवमा कर्तज्य ज्यान तथा ज्यान मार्ने उद्योगका ११ वटा घटना हुँदा गत आवमा १७ वटा घटना भएका छन् । आव २०७९÷८० मा भने सोही प्रकृतिका नौ वटा घटना भएका छन् ।

यस्तै, गत आवमा जबरजस्ती करणी र करणी उद्योगका २६ वटा घटना हुँदा अघिल्ला दुई आवमा समान १६–१६ वटा घटना भएका प्रहरीको तथ्याङ्क रहेको छ । गत आवमा राष्ट्रसेवकमाथि बाधा अवरोध सिर्जना गर्ने ३२ वटा घटना भएका छन् । अघिल्लो आवमा २५ र आव २०७९/८० मा २२ वटा सोही प्रकृतिका घटना भएका छन् ।

यसरी जिल्लामा अढाई दर्जन प्रकृति अर्थात शीर्षकका विभिन्न अपराधजन्य घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयको अभिलेख रहेको छ । चालु आवको तीन महिनाको अवधिमा पनि विभिन्न ५१ वटा अपराधजन्य घटना भएका छन् । साउन महिनामा २४ वटा, भदौमा १६ र असोज महिनामा ११ वटा अपराधजन्य घटना भएका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...