बस दुर्घटनामा एकको मृत्यु

Published on

काठमाडौं । काठमाडौंबाट महेन्द्रनगरका लागि फर्केको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ वाणीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बङ्कका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते बोहराको वाणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा सवार अन्य चार जना सकुशल छन् । बस चालक वेदकोट नगरपालिका –३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...