धनुषामा बस–अटो ठोक्किँदा चार जनाको मृत्यु, दुई गम्भीर घाइते

Published on

काठमाडौं । धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–१ का ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उनकी ३५ वर्षीया श्रीमती निशा मगर, सोही स्थानका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ।

घाइते हुनेमा धनबहादुरकी १४ वर्षीया छोरी सितल मगर र रमेश मगरका ९ वर्षीय छोरा रोशन मगर रहेका छन्। दुवै जनाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार चिकित्सकले चार जनालाई मृत घोषणा गरेका हुन्। घटनापछि बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...