धर्मिक पर्यटनको प्रवर्धन गर्न देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

Published on

काठमाडौं । धार्मिक पर्यटनको प्रवर्धन तथा सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव–२०८२ आयोजना गरिने भएको छ । नेपाल सन्त समाज, देवघाटधामको आयोजनामा र देवघाट क्षेत्र विकास समिति तथा देवघाट गाउँपालिकाको समन्वयमा कात्तिक १८ गते एक दिने महोत्सव गरिने भएको हो ।

महोत्सवअन्तर्गत भक्तजनले तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएका धार्मिक तथा ऐतिहासिक महत्त्वका दर्जनौँ मन्दिर र तीर्थस्थलको पूर्ण परिक्रमा गर्नेछन् । देवघाट क्षेत्र विकास समितिद्वारा जारी गरिएको अपिलमा परिक्रमा मार्गमा देवघाट वेणीमण्डप, पशुपतिनाथ मन्दिर, गङ्गा  मन्दिर, सिद्धेश्वर मन्दिर, दुर्गा पञ्चायन शक्तिपीठ, मणिमुकुन्देश्वर मन्दिर, विद्याश्रम मन्दिर, हरिहर मन्दिर, सत्यनारायण मन्दिर, योगी नरहरिनाथ आश्रम, गौरीशङ्कर शिव मन्दिर, भागवत धाम र नारायणपुर मन्दिरलगायतका स्थानहरू समावेश छन् ।

कार्यक्रमका क्रममा बिहान ७ बजे देवघाट वेणीमण्डपमा गणेशपूजन गरी महोत्सवको सुरुवात गरिनेछ । बिहान ७ः३० बजे सिद्धेश्वर मन्दिर प्राङ्गणबाट परिक्रमा शुभारम्भ हुनेछ भने जलपान, प्रसाद ग्रहण र समापन कार्यक्रम क्रमशः हरिहर मन्दिर, दिव्यधाम गजकोट र मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा सम्पन्न हुने कार्यक्रम तालिका रहेको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरराज लौडारीले देवघाटधाम गण्डकी परिक्रमा महोत्सव धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहल भएको बताउनुभयो । उहाँका अनुसार देवघाटधाम नेपालको वैदिक परम्पराको जीवित प्रतीक हो । लौडारीले भन्नुभयो, ‘‘यो महोत्सवले धार्मिक सहअस्तित्वको सन्देश फैलाउने, सनातन संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ...

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा...

बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले...