कात्तिकमै हुस्सु लाग्दा बाँकेमा बढ्यो चिसो

Published on

काठमाडौं । पुस र माघ महिनामा लाग्ने हुस्सु र कुहिरो यस पटक कात्तिकमै लागेसँगै बाँकेमा चिसो बढेको छ । गर्मी भइरहेकै बेला मोन्था आँधीको असरले केही दिन मौसममा बदली भएर हल्का वर्षा भएपछि नेपालगन्जको मौसममा परिवर्तन सुरु भएको हो ।

तर मौसम परिवर्तनको सुरुमै आइतबार बिहानबाटै लागेको हुस्सु र कुहिरोले गर्दा स्थानीयले आश्चर्य प्रकट गरेका छन् ।

नेपालगन्ज ११ का स्थानीय फिरोज सिद्दिकीले यस अघि यति छिटो यसरी हुस्सु लागेको आफुले थाहा नपाएको बताउनुभयो । उहाँले यस्तो हुस्सु त पुस माघमा लाग्ने गरेको बताउनुभयो ।

हुस्सुका कारण नेपालगन्ज विमानस्थल बिहान नौ बजेसम्म खुलेको छैन भने अन्य सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ । हुस्सुकै कारण बिहानका कामहरु प्रभावित भएको स्थानीयले जनाएका छन् ।

आइतबार बिहानबाटै सामाजिक सञ्जालदेखि लिएर भेटघाटमा समेत यो एक्कासी लागेको हुस्सु र कुहिरोले व्यापक चर्चा पाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...