गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Published on

काठमाडौं । गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ स्थित भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तम्घास–सिमलटारी सडकखण्डमा झरनाबाट तम्घासतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहनसिंह बस्नेतले चलाएको लु ५६ प ८४२६ नम्बरको २०० सि.सि. मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनामा सोही स्थानका सरोज बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक मोहनसिंह बस्नेतलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...