सप्तरीमा बेमौसमी वर्षाले धानवालीमा अत्यधिक क्षति

Published on

काठमाडौं । मधेश प्रदेशको सप्तरीसहितका जिल्लामा तीन दिनदेखिको निरन्तर वर्षाले पाकेको धानवालीमा अत्यधिक क्षति भएको छ । भित्र्याउने तयारी अवस्थामा रहेको बैला धानबालीमा बेमौसमी वर्षाले क्षति पुगेको हो ।

महादेवा गाउँपालिका १ स्थित सोनराका रमेश मण्डलको पाँच कठ्ठा पाकेको धान काटेर खेतमा रहेको अवस्थामा वर्षाको डुबेपछि ठुलो क्षति भएको छ । वर्षाको पानीले हजारौं क्षति भएको मण्डलले दुखेसो पोख्नुभयो ।

यस्तै, तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित भगवानपुरका गुलाव रामको दस कठ्ठामा पाकेको धान काटेर खेतमा रहेको अवस्थामा वर्षाको डुबेपछि  अत्यधिक क्षति भएको छ । वर्षाको पानीले लाखौं क्षति भएको रामले दुखेसो पोख्नुभयो ।

सोही ठाउँका स्थानीय पीडित नित्यानन्द सिंहले वर्षाका कारण काटेर राखेको धान खेतमै डुबेर बर्बाद भएकोे बताउनुभयो ।

यस्तै, अर्का किसान राजकुमार यादवले धान पानीले भिजेपछि मेहनत र लगानी दुबै  खेर गएकोे गुनासौ गर्नुभयो ।

बिहीबारदेखि सामान्य वर्षा भए पनि शुक्रबार रातिदेखि शनिबारसम्म निरन्तर मुसलधारै वर्षा भएको हुँदा धानबाली धेरै क्षति पुगेको दिपेन्द्र माझीले बताउनुभयो । निरन्तर वर्षाका कारण पाकेको धानवाली नष्ट हुँदा ठुलो मारमा परेको स्थानीय किसान बेचन यादवले बताउनुभयो । वर्षा आइतबार बिहानबाट रोकिएकाले  किसानहरुको थप क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

विषेशगरी छिटो पाक्ने कतरनी, साइठी, कान्छी लगायत जातका धानलाई सबभन्दा बढि वर्षाले क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, वासमती, चनन्चुर, कान्छी लगायत जातका धान नपाके पनि बोट ढलेर डुबेका कारण उब्जनीमा यस वर्ष अत्यधिक कमी हुने अनुमान कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउत जानकारी दिनुभयो । काट्न तयार रहेको धान वर्षा र बाढीको पानी खेतमा पस्दा ठुलो नोक्सान भएको तिलाठी कोइलाडी ६ का अशोक यादवले बताउनुभयो । वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेर नष्ट भएको उहाँका भनाइ छ ।

धान भित्र्याउने समयमा पानीले क्षति पुर्‍याएको स्थानीय किसान शिवनारायण यादवले बताउनुभयो ।

‘‘खेत पानी भरिएको छ, एक–दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदियो ।’’, उहाँले भन्नुभयो, ‘‘अब वर्षभरी के खाने ? कसरी जीवन चलाउने, ठुलो समस्यामा पर्‍यौं ।’’ वर्षाले खेतबारी, करेसावारीमा लगाएको तरकारी वालीहरु समेत नष्ट भएको स्थानीय किसान बासुदेव यादवले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...