दाउन्ने सडक : पाँचवटा गाडी फस्दा सयौँ गाडी जाममा

Published on

काठमाडौं । लगातार चार दिनदेखिको झरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य भएको छ । जसका कारण हिलोमा गाडीहरु फस्ने क्रम बढेपछि यात्रा एकतर्फी र कठिन भएको नवलपुर प्रहरीले जनाएको छ  ।

शनिबार विनयी त्रिवेणी गाउँपालिका–२ घ्यु खोलाको हिलोमा ट्रक फसेर राति ९ बजेसम्म अवरुद्ध सडक आइतबार बिहानदेखि फेरि अवरद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

आज फेरि विनयी त्रिवेणीकै त्रिसट्ठी मोड र ज्यामिरे चोकमा सडक अवरुद्ध भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ०९५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रक बिग्रेको र सोही स्थान नजिकै दाङबाट नारायणघाटतर्फ जाँदै गरेको  म १ ख ७४४ नम्बरको ट्रक बिग्रेर सडक अवरुद्ध भएको नेपालले जानकारी दिनुभयो ।

त्यस्तै, काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७७६ नम्बरको बस र २ ज्यामिरे चेकपोष्ट नजिक काठमाडौँबाट बर्दिया जाँदै गरेको ना ७ ख ६६६४ नम्बरको खाली ट्रक तथा नवलपरासीबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ६०५३ नम्बरको खाली ट्रक बिग्रेका कारण सडक अवरुद्ध भएको उहाँले बताउनुभयो ।

दाउन्ने सडक खण्डको हिलोमा पाँच वडा गाडी बिग्रेर फसेका कारण हाल यहाँ सवारी साधनको लामो जाम परेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक नेपालका अनुसार यहाँ झण्डै पाँच सय गाडी जाममा फसेका छन् । जाममा रहेका सवारी साधन हटाई बाटो खुलाउने पहल भइरहेको नेपालले बताउनुभयो ।

बाटो हिलो र जाम भएका कारण दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घण्टाभन्दा बढि समय लाग्ने गरेको यात्रुले बताएका छन् । हिजो दिनभर फसेको बा. प्र. ०३–००१ ख २१५८ नम्बरको माटो लोड गरेको ट्रक राति ९ बजे जेसीबीको मद्दतले निकालेर बाटो खुलाइएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...