सडक सञ्जालले जोडिएपछि जल यातायात सङ्कटमा

Published on

काठमाडौं । कालीगण्डकी नदीबाट चल्ने जलयातायात (स्टिमर) मा अहिले यात्रु पाउँनै सकस हुन थालेको छ । पहिले खाद्यान्न र खचाखच यात्रु बोक्ने स्टिमर यात्रु नपाएर यसै थलिएर बस्न बाध्य भएको छ  ।

स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको  कालीगण्डकी नदीमा जलयातायातबाट पहिले खाद्यान्न र यात्रुहरु खचाखच बोक्ने स्टिमर अहिले  मेला पर्व र कति बेला आन्तरिक पर्यटक आउँछन् भनेर मात्रै कुरेर बस्नुपरेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन् ।  

शिला शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईले यात्रु अभावका कारण जल यातायात थप सङ्कटमा परेको बताउनुभयो । कहिलेकाहीँ भ्रमण आउनेहरुले स्टिमर रिजर्व गरेर सेतिबेनी शिला शालिग्रामको दर्शन गर्न आउने जाने गरे तापनि नियमित रुपमा यात्रुहरुको अभावका कारण चल्न नसकेको भट्टराईले बताउनुभयो ।

गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई सञ्चालनमा आएको छ ।

पहिले १२ वटा साना ठुला गरी स्टिमरहरु रहे पनि हाल भने तीन वटा मात्रै सञ्चालनमा रहेको भट्टराईले जानकारी दिनुभयो ।प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ  भने रिजर्वका लागि दुई हजारदेखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ ।

कालीगण्डकी नदीमा मिर्मीदेखि सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने भट्टराईले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि गत जेठको पहिलो साताबाट बन्द भएको जल यातायात अघिल्लो हप्तादेखि सञ्चालनमा आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...