स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी–२ जिल्लामै पहिलो

Published on

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सार्वजनिक गरेको मूल्याङ्कनमा अर्जुनचौपारी स्वास्थ्य चौकी ९०.४ अङ्कसहित पहिलो बनेको हो ।

मूल्याङ्कनमा जिल्लाका ९७ वडामध्ये ८९.८ अङ्कसहित बिरुवा गाउँपालिका –१ को बिरुवा स्वास्थ्य चौकी दोस्रो र भीरकोट नगरपालिका –६ खिलुङ देउराली स्वास्थ्य चौकी ८९.५ अङ्कसहित तेस्रो बनेको कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले बताउनुभयो ।

स्वास्थ्य सूचकका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षामासहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सम्मान–पत्र प्रदान गर्नु भएको हो ।

समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...