गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Published on

काठमाडौं । गुल्मीका १५ हजारभन्दा बढि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ ।

दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा छ महिनादेखि पाँच वर्ष उमेरसम्म बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले बताउनुभयो । जिल्लाका १२ स्थानीय तहमा रहेका १५ हजार ४३ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार रेसुङ्गा नगरपालिकाका एक हजार ८२७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको छ । मुसिकोट नगरपालिकाका एक हजार ८७७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने बताइएको छ । कालीगण्डकी गाउँपालिकाका ९०२, मालिकामा एक हजार ३१९, मदानेमा एक हजार ३२४, छत्रकोटमा एक हजार १४०, गुल्मीदरबारमा एक हजार १३४, सत्यवतीमा एक हजार १५९, इस्मामा एक हजार १७०, धुर्कोटमा एक हजार १३४, चन्द्रकोटमा एक हजार १३० र रुरुक्षेत्र गाउँपालिकाका ९२७ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका ९३ वटै वडामा कार्यरत ९९७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले तोकिएका विभिन्न स्थनबाट भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने योजना बनाइएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषण जोखिम न्युनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनसँगै २०५६ देखि जुकाको औषधी खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । अहिले कात्तिक पहिलो साता तिहार भएकाले पछि सरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...