सुर्खेत प्रहरी हिरासतमा थुनुवा गंगे सुनारको मृत्यु

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीका अनुसार बिहान सुनार बेहोस अवस्थामा फेला परेपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। “उनीसँगै सुतेका अन्य थुनुवाले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई जानकारी दिएका थिए। अस्पताल पुर्‍याउँदा चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरे,” डीएसपी बुढाथोकीले बताए। प्रहरीका अनुसार सुनार करिब ७८ दिनदेखि हिरासतमा रहेका थिए। चार दिनअघि मात्र उनको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको र शुक्रबार नै अदालतमा पेशी तय गरिएको थियो।

घटनापछि प्रहरी पक्षले हिरासतको सीसीटीभी फुटेज पनि परीक्षण गरेको जनाएको छ। फुटेजमा सुनार सुत्नुअघि बाथरुममा गई टाउको नुहाएर फर्किएको र सुत्दा घुर्ने भएकाले साथीहरूले उठाएको दृश्य देखिएको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...