लहानमा नौ करोड लगानीमा आधुनिक सिनेमाहल सञ्चालनमा

Published on

काठमाडौं । सिरहाको लहान नगरपालिका–३ मा करिब नौ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न सिनेमाहल सञ्चालनमा आएको छ। लहानका प्रतिष्ठित उद्योगपति मुरारका परिवारका अभिनव मुरारकाले निर्माण गरेको उक्त सिनेमाहलमा एक पटकमा १३८ जना दर्शक अटाउन सक्ने सुविधा रहेको बताइएको छ।

अभिनव मुरारकाका अनुसार पश्चिममा वीरगञ्ज र पूर्वमा विराटनगर पछि यस्तो स्तरको सिनेमाहल सञ्चालनमा आएको हो। लहानमा सञ्चालित कार्निभल सिनेमाहलले स्थानीयसँगै १८ किलोमिटर दक्षिणमा रहेको भारतको विहार राज्यबाट समेत दर्शक आकर्षित गर्ने लक्ष्य राखिएको छ। सिनेमाहलमा रु. ३००, ५०० र ९०० टिकट दर तोकिएको छ। पहिलोपटक यति ठूलो लगानीमा सिनेमाहल सञ्चालन भएकाले त्यसलाई दिगो रूपमा चलाउने चुनौती रहने भए पनि, यसले लहानको समृद्धि र मनोरञ्जन पर्यटनमा नयाँ आयाम थप्ने विश्वास जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारडाले व्यक्त गर्नुभयो।

यसैबीच, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्तो गौरव गर्न लायक सिनेमाहल सञ्चालनमा आउनु जिल्लाको अभिमान भएको बताउँदै, यसको सुरक्षित र सहज सञ्चालनका लागि प्रशासनले पूर्ण सहयोग र सुरक्षा प्रत्याभूति दिने प्रतिबद्धता जनाउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...