मकवानपुरगढीमा बाघ आतङ्क : दुई वटा बाख्रा खायो

Published on

काठमाडौं । मकवानपुरको मकगानपुगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका ५ स्थित नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ । स्थानीय तखतबहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जङ्गलमा चर्ने क्रममा शुक्रबार दिउँसो दुई वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट गएका प्रहरी टोलीले घटनास्थल हेर्दा बाघले मारेको/खाएको देखिएकोले वनको कर्मचारीसँग समन्वय गरी मुचुल्का कार्य गरिएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेग सोलिथुम, नयाँगाउँ, लिङ्गेडाँडा र खैरेनीमा पनि यसअघि बाघ देखा परेको स्थानीयले बताएका छन् । केहीको फरकमा बाघले पाँच वटा बोकाबाख्राको मारेपछि स्थानीय त्रसित भएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...