मधेशमा देखिएको अस्थिरता योजनाबद्ध षड्यन्त्र हो : जसपा केन्द्रीय सचिव साह

Published on

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको राजनीतिक अस्थिरता कुनै संयोग नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको आरोप लगाउनुभएको छ।

आइतबार एक विशेष कुराकानीमा उहाँले सङ्घीयता कमजोर पार्ने र मधेशको अधिकारमाथि प्रहार गर्ने नियतसहितका गतिविधिहरू तीव्र बन्दै गएको बताउनुभयो। “सङ्घीयता प्राप्त गर्न मधेशले ठूलो आन्दोलन, बलिदान र संघर्ष गरेको इतिहास छ,” साहले भन्नुभयो, “तर अहिले यही व्यवस्थामाथि प्रश्न उठाउने, प्रदेश सरकार अस्थिर पार्ने र जनताको विश्वास कमजोर बनाउने प्रयास भइरहेको छ।”

सचिव साहले सङ्घीयता र समावेशी लोकतन्त्रका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई मौन नबस्न आग्रह गर्नुभयो। उहाँले समयमै सचेत भई एकजुट भएर यस्तो षड्यन्त्रको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

“सङ्घीयता हाम्रो अधिकार, पहिचान र देशको स्थायित्वको आधार हो,” उहाँले जोड दिनुभयो, “त्यसैले सङ्घीयता जोगाऔँ, मधेशको अधिकार र स्वाभिमानको रक्षा गरौं, र राजनीतिक स्थायित्वका लागि एकजुट बनौं।”

प्रदेशसभा सदस्यहरूलाई समेत सन्देश दिँदै उहाँले भन्नुभयो, “प्रदेश नामाङ्कनको समयमा हामीले जसरी एकताको उदाहरण प्रस्तुत गरेका थियौं, अहिले फेरि त्यही एकता देखाउने बेला आएको छ। राजनीतिक स्थायित्वका लागि सबै शक्तिहरू एक हुनुपर्छ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...