गुणस्तरीय शिक्षाका लागि धारा माध्यमिक विद्यालय

Published on

काठमाडौं । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको धारा माध्यामिक विद्यालय सतप्रतिशत नतिजा निकाल्ने विद्यालयको रुपमा परिचित छ । वि.सं २०३६ पुस ८ गते स्थापना भएको यस विद्यालयमा २०५८ सालदेखि कक्षा ८सम्म, २०६२देखि कक्षा १० र २०६६ सालदेखि कक्षा ११ र १२ सम्म पढाई सञ्चालन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले विद्यालय स्थापना गर्न कर्ण बहादुर पुन, इन्द्र बहादुर थापा, तिलक प्रसाद कँडेल तिलक थापा लगायतको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो  ।

उहाँले मगर समुदायको बाक्लो बस्ती रहेको तंग्राममा शिक्षाको अभाव टार्न संस्थापकहरु विद्यालय सञ्चालनमा ल्याएको स्मरण गर्नुभयो । विद्यालयमा अंग्रेजी भाषाको माध्यमबाट पढाई हुने गर्दछ । विद्यालयले निरन्तर रुपमा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।

उत्कृष्ट नतिजा हाँसिल गर्नका लागि विद्यालयले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसँग निरन्तर रुपमा छलफल पनि गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक कमला थापा सबैको सकरात्मक सक्रियता र एकताबाट मात्र राम्रो उपलब्धी निकाल्न सकिएको बताउनुभयो ।

‘‘यहाँ सबैको मेहनत छ, शिक्षक साथीहरु पनि इमानदारिताका साथ लाग्नु भएको छ, अभिभावकले पनि उत्तिकै साथ दिनु भएको छ र विद्यार्थी पनि उत्तिकै मेहनती छन् ।’’ प्रधानाध्यापक थापाले भन्नुभयो, ‘‘त्यहि कारण हामीले प्रत्येक वर्षको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएका छौँ ।’’

सिकाइलाई प्रभावकारी गराउन यहाँ विभिन्न विभागहरु गठन गरिएको छ । ति विभाग मार्फत अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ । विद्यार्थीले समुदायसँग मिलेर साँघु निर्माण गर्ने लगायतका कार्य समेत गर्दै आएका छन् ।

विद्यालयमा नतिजाको विषयलाई लिएर प्रत्येक महिनाको मसान्तमा शिक्षक कर्मचारीहरुको बैठक बसी आफ्नो कक्षा र विभागको रिर्पोटमाथि समीक्षा गरी भावी योजना निमार्ण गरिन्छ । धारा माध्यामिक विद्यालयमा शिक्षक तथा कर्मचारीको सङ्ख्या २१ रहेको छ भने ३०१ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम लागु गरिएको छ । यहाँ अध्ययनरत विद्यार्थीले किबी उत्पादन गर्नुका साथै बिक्री गर्दै आएका छन् । विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत सांस्कृतिक कार्यक्रम, समुदायसँग मिलेर जोखिम न्यूनीकरण, भलिबल, कबड्डी लगायतका खेलकुद कार्यक्रम निरन्तर सञ्चालन गरिदै आएको छ ।

विद्यालयले विभिन्न परीक्षामा उत्कृष्ट नतिजा निकालेको कारण विभिन्न क्षेत्रबाट पुरस्कृत हुँदै आएको छ । प्रधानाध्यापक थापाले विद्यालयले जिल्ला शिक्षा कार्यालय (हालको शिक्षा समन्व ईकाई), काठेखोला गाउँपालिका लगायतका विभिन्न निकायबाट पुरस्कृत भएको बताउनुभयो । विद्यालयमा छात्राबास सञ्चालन गरिएको छ । यहाँ कम्प्युटर कक्षापन  सञ्चालन गरिन्छ ।

नेपाल सरकारले तोकेको सार्वजनिक विदा र बर्षे विदामा पनि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । जसले राम्रो नतिजाका लागि सघाऊ पुर्याएको छ । विद्यालयमा सिकाई वृद्धि गर्नका लागि निरन्तर शैक्षिक विचार गोष्ठी गरिँदै आएको छ ।

विद्यालयले शिक्षकहरुको सुविधालाईलाईपनि उत्तिकै महत्त्व दिदै आएको छ । एक शिक्षक एक ल्यापटप कार्यक्रमका लागि विद्यालयले सघाऊ पुर्याउँदै आएको छ ।

करारमा राखिएका शिक्षकका लागि आन्तरिक श्रोतबाट पोशाक भत्ता उपलब्ध गराइनुका साथै बिमा र सञ्चार खर्चको व्यवस्था पनि गरिएको छ । यसले सिकाई गुणस्तर बनाउन सघाऊ पुर्याएको बताइन्छ ।

शिक्षक अभिभावक संघका संयोजक टिका संगम बिकले विद्यालयको अवस्था, पठनपाठनको अवस्था, सिकाइको अवस्थालाई लिएर आफुहरु निरन्तर बैठक बस्ने बताउनुभयो । त्यसलेपनि नतिजामा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

विद्यालयले आन्तरिक श्रोत जुटाउन देउसी भैलो खेल्ने, सहयोग माग्ने, किबी उत्पादन र बिक्री गर्दै आएको छ ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जङ्कफूड (पत्रु खान)लाई निषेध गरिएको छ । यहाँका शिक्षक र विद्यार्थी समय पालनलाई उत्तिकै ध्यान दिने गरेका छन् ।

विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा वर्षमा दुई पटक शिक्षकले होम भिजिट गरिँदै आएको छ । विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि छुट्टाछुट्टै आचार संहिता बनाइएको छ । त्यो कार्यान्वयन गर्नुपर्ने सबैको दायित्व हुन्छ ।

यहाँ अध्ययन गरेका विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गरि विभिन्न सेवामा संलग्न रहँदै आएका छन् । विद्यालयको विकासका लागि व्यवस्थापन समितिमा रहेको थुप्रै व्यक्तित्वहरुले महत्त्वपूर्ण योगदान पु¥याएका छन् । धारा माध्यामिक विद्यालय व्यवस्थाकीयदेखि नतिजाका लागि अब्बल ठहरिदै आएको छ ।

धारा माध्यामिक विद्यालय गुणस्तरीय शिक्षाका लागि परिचित छ । शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर मेहनतकै कारण विद्यालयले यो उपलब्धी हाँसिल गरेको हो । अन्य विद्यालयका लागि पनि यो पाठ हुन सक्छ है । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...