‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

Published on

काठमाडौं । यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ ।  नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।  उहाँले बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताउनुभयो । 

राप्तीसोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’को मन्दिर धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य भएकाले भौतिक पूर्वाधारको विकासमा अझै विकास आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा छ वर्षअघि रु ३० लाख लागतमा मन्दिर निर्माण गरेको जानकारी दिँदै बाटो निर्माणमा पनि रु २८ लाख खर्च गरिएको बताउनुभयो । 

खानेपानीको व्यवस्थापन थिएन, भक्तजन बस्ने कुनै प्रबन्ध थिएन तर अहिले सबैको व्यवस्थापन भएको पूर्वअध्यक्ष थारूको भनाइ छ । मन्दिर क्षेत्रमा अझै पनि शौचालय व्यवस्थापन हुनसकेको छैन । चौधरीले आवतजावत गर्न अझै कठिनाइ झेल्नुपरेको जानकारी दिँदै पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसकेको बताउनुभयो ।

 ‘बर्फानी बाबा’ मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनि आगो लाग्दा कुटीमा कठिनाइ झेल्नुपरेको बताउँदै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताउनुभयो । 

भारतीय पत्रकार एसके मदेशियाले प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको उल्लेख गर्दै मन्दिर जानका लागि आवजातवत गर्नलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो । स्थानीय पत्रकार विमला चौधरीले विगतमा भन्दा ‘बर्फानी बाबा’ मन्दिरको स्वरुपमा परिवर्तन भएको बताउनुभयो । 

गुल्मेली सेवा समाज बाँकेका हरिलाल न्यौपानेले प्राकृतिक सौन्दर्यले पदयात्रा गरेर त्यहाँ जाँदा भिन्दै आनन्द प्राप्त गरेको बताउनुभयो । केही वर्षअघि मात्रै रु ७० लाख खर्च गरेर खानेपानीको व्यवस्थापन गरिएको सो मन्दिरमा प्रदेश सरकारले पनि बर्सेनि बजेट लगानी गरिरहेको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...