बाँकेमा खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिद सुरु

Published on

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले बाँकेमा आइतबारदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले खाद्य व्यवस्था कम्पनीको कार्यालयमा गोदाम खाली नहुँदा नेशनल ट्रेडिंगको कार्यालयबाट धान खरिद सुरु गरिएको बताउनुभयो । खरिद गरिएको धानलाई हालका लागि नेशनल ट्रेडिंगको गोदाममा राखिने छ ।  

बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा केन्द्रबाट प्राप्त भएकाले सोही बमोजिम कोटा रहुन्जेलसम्म धान खरिद गरिने उहाँले जनाउनुभयो । प्रमुख लामिछानेले एक दिनमा करिब १० देखि १२ जना किसानको ५०० क्विन्टल धान खरिद गरिने लक्ष्य निर्धारित गरिएको जनाउँदै एकजना किसानबाट ४० क्विन्टल धान खरिद गरिने बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यसअघिनै एक सूचना प्रकाशित गरेर किसानहरुले धान बिक्री गर्न आउँदा पानीले नभिजेको, सफा, केलाई सुकाई फ्रेस रहेको एकै किसिमको धान ल्याउनु पर्ने, धान ल्याउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने, धानको भुक्तानी बैंक खातामा गर्नुपर्ने भएकाले किसानको बैंक खाता प्रमाणीत हुने चेक प्रतिलिपि ल्याउनुपर्ने र आफ्नो पालो आएमा मात्रै विक्रि गर्नुपर्ने जानकारी गराएको थियो ।

यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरि मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले मोटा धान १५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएकाले सोही बमोजिम खरिद गरिने बताउनुभयो । उहाँका अनुसार गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार क्विन्टल र मोटा धान सात हजार क्विन्टल गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो । तर यस वर्ष केन्द्रबाट कोटा निर्धारण गरेर पठाउन कम्पनीले ढिलाई गरेकाले धान खरिदमा समेत ढिलाई हुँदा किसानले बजारमा व्यापारीलाई बाध्य भएर कम मूल्यमा धान बिक्री गरेको गुनासो गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...