बैतडी कारागारमा नयाँ भवन निर्माण, कैदीबन्दी स्थानान्तरणको तयारी

Published on

काठमाडौं । जीर्ण बनेको बैतडी कारागारमा नयाँ भवन निर्माण गरिने भएको छ । नयाँ भवन निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेको र कार्तिक महिनाको अन्तिम सातादेखि कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरण कार्य सुरु गरिने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानान्तरण पछि थुनुवाहरूलाई डडेल्धुरा कारागारमा र कैदीबन्दीहरूलाई देशका विभिन्न कारागारमा पठाउने योजना रहेको छ ।

नयाँ भवन निर्माणका लागि १० करोड रुपियाँ बजेट विनियोजन गरिएको र निर्माण कार्य केकेजे कालिका एस बी जेभी सुकेधारा कम्पनीले सञ्चालन गर्ने भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ । सन् १९८३ (२०४० साल) मा निर्माण गरिएको पुरानो बन्दीगृहमा २५ जनासम्म बस्न सक्ने क्षमता भए पनि हाल ६१ जना कैदी तथा थुनुवा रहेका छन । नयाँ भवन बनेपछि बन्दीगृह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...