काठमाडौँमा खुला ठाउँमा प्लाष्टिक र फोहर बाल्न निषेध, उल्लङ्घन गरे १० हजार जरिवाना

Published on

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य वस्तु र फोहर बाल्न कडाइका साथ रोक लगाएको जनाएको छ। नियम उल्लङ्घन गरी यस्ता वस्तु बाल्ने व्यक्तिलाई प्रत्येकपटक १० हजार रूपैयाँसम्म जरिवाना गरिनेछ।

चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेपछि यो निर्णय गरिएको हो। जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने भएकाले यस कदमले प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागकी प्रमुख सरिता राईका अनुसार, जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन महानगरले यस्तो प्रतिबन्ध लागू गरेको हो। “वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम–खोकीका बिरामी र मुटु तथा दीर्घ रोगीहरूलाई बढी असर गर्छ,” उहाँले बताउनुभयो, “त्यसैले सबैले खुला ठाउँमा वस्तु बालेर धुँवा उत्सर्जन गर्ने काम तत्काल बन्द गर्नुपर्छ।”

राईका अनुसार, यो प्रतिबन्धको अवज्ञा गर्ने व्यक्तिमाथि काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ। उहाँले थप भन्नुभयो, “सहरबासीको स्वास्थ्य र वातावरण जोगाउन महानगरले लिएको यो निर्णयमा सबैले साथ दिनुपर्छ

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...