सहकारीको रकम हिनामिना गर्ने थुनामा

Published on

काठमाडौं । सहकारी ठगीको आरोप लागेका विष्णुबहादुर बमरेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पाल्पाको रम्भा अन्तर्गत हुमिनको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको झन्डै तीन करोड रुपियाँ हिनामिना गरेको आरोप लागेका बमरेललाई जिल्ला अदालत पाल्पाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

अदालतका स्रेस्तेदार केशव पराजुलीले बमरेललाई सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा सहकारी संस्थाले गरेको लेखा परीक्षण प्रतिवेदनमा व्यवस्थापक बमरेलले दुई करोड ८७ लाख ५७ हजार रुपियाँ हिनामिना गरेको उल्लेख थियो । 

सोही प्रतिवेदनका आधारमा सहकारी संस्थाका अध्यक्ष सुवि विश्वकर्मालगायतले बमरेललाई जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बमरेललाई पक्राउ गरिएको थियो । प्रहरीले गत साउन २८ गते घरबाटै पक्राउ गरेर अनुसन्धान गरी अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

नक्कली ऋणी खडा गरेर सहकारी संस्थाको रकम हिनामिना गरेको बमरेलमाथि आरोप छ । बमरेलले दुई करोड ८७ लाखबाहेक थप ३० लाख रकम आफ्नै नाममा ऋण लिएर संस्थालाई धराशायी बनाएको सञ्चालक समितिको भनाइ छ । 

सहकारी संस्थाले जिल्लाको रम्भा, माथागढी, पूर्वखोला र बगनासकाली गाउँपालिकामा सेवा विस्तार गरेको थियो । सबै पालिकामा कम्तीमा एक देखि दुई वटा सेवा केन्द्रसमेत खोलिएको थियो । सहकारी संस्थामा आबद्ध एक हजार पाँच सय सदस्यले अहिले बचत रकम माग गर्दा फिर्ता गर्न नसकेको सहकारीले जनाएको छ । अध्यक्ष विकले विभिन्न पालिकाका बचतकर्ताले रकम माग गरे पनि फिर्ता गर्न नसकेको बताउनुभयो । सहकारी संस्थाले राष्ट्रिय सहकारी बैङ्कलगायतका संस्थासँग लिएको ऋण भने तिर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...