रङ्गेली सीमाक्षेत्रमा हाइना प्रवेशको आशंका, तर पुष्टि छैन

Published on

काठमाडौं । मोरङको रङ्गेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केही दिनयता देखिएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ। तर हालसम्म यसबारे कुनै ठोस प्रमाण भेटिएको छैन।

रङ्गेली नगरपालिका–५ का आँपगाछी र धनपति क्षेत्रमा शनिबार साँझ स्थानीयले हाइना देखिएको दाबी गरे पनि प्रहरी र वन कार्यालयले त्यसको पुष्टि गर्न सकेका छैनन्।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार स्थानीयले हाइना देखिएको बताएपछि प्रहरी टोली उक्त स्थान पुगेको थियो तर त्यहाँ केही पनि फेला परेन। उनका अनुसार “रङ्गेली क्षेत्रमा हाइना देखिएको भन्ने हल्ला हालसम्म निराधार छ। केही दिनअघि टकुवामा पनि जनावरको आक्रमण भएको हल्ला चलेको थियो, तर त्यसको कुनै प्रमाण भेटिएन।”

प्रहरीले सामाजिक सञ्जालमा फैलिएको हाइनाको तस्बिर समेत भारतीय भूमिको रहेको स्पष्ट पारेको छ।

डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले भने भारततर्फ हाइनाले क्षति पु¥याएको सूचना प्राप्त भएको र त्यसैले नेपालतर्फ प्रवेश गर्ने सम्भावना नकार्न नसकिने बताए। “हाइना राति मात्रै सक्रिय हुने जनावर हो, त्यसैले स्थानीयलाई सतर्क रहन र जानकारी दिन आग्रह गरिएको छ,” उहाँले बताउनुभयो।

सबडिभिजन वन कार्यालय रङ्गेलीको टोलीले पनि स्थानीयसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। तर अहिलेसम्म नेपाली भूमिमा हाइना प्रवेश गरेको पुष्टि गर्ने कुनै ठोस प्रमाण फेला परेको छैन।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...