मधेश प्रदेशको अस्मितामाथि प्रहार भएको जसपाको आरोप

Published on

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै तीव्र आपत्ति जनाउनुभएको छ। उहाँले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वास्थ्य उपचारका नाममा प्रदेशबाहिर गएर सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठन गरेको आरोप लगाउनुभएको हो।

सोमबार बिहान आफ्नो धारणा सार्वजनिक गर्दै सचिव साहले भने, “प्रदेश प्रमुखले राति ४ बजे मुख्यमन्त्रीसँग बिदा लिएर उपचारका लागि निस्किनुभएको भए पनि केही घण्टामै एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रूपमा सपथ दिलाएर संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्नुभयो।” उहाँका अनुसार यो कदमले केवल संविधान र सङ्घीयताको अपमान गरेको छैन, बरु मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा गहिरो चोट पुर्‍याएको छ।

सचिव साहले भने, “होटलमा बनेको सरकार स्वीकार्य छैन। संविधानको खिल्ली उडाउनेहरूलाई जनताले कहिल्यै माफ गर्ने छैनन्।” जसपाले उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्दै यसलाई संघीय मूल्य र लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भनेको छ। साहले संघीयता र मधेशको पहिचान जोगाउन सबै राजनीतिक दल र सचेत नागरिकहरूलाई एकजुट हुन आग्रह गर्दै भने, “सङ्घीयता जोगाऔँ, मधेशको अस्मिता बचाऔँ।”

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...