प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउन माग

Published on

काठमाडौं । कालीकोट जिल्लाको सदरमुकाम जोडिएको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउन सर्वत्र आवाज उठेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाजमा समस्या भएको भन्दै दरबन्दी अनुसारको कार्यालय प्रमुख अर्थात् प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका छन् ।

नगरप्रमुख कमलबहादुर शाहीले मन्त्रालयले भरखर सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेर अझ नगरपालिकालाई प्रशासकीय अधिकृतविहीन बनाएको बताउनुभयो ।

‘‘म आजै मन्त्रालयमा गएर कुरा गर्छु, हल्लाको भरमा खाँडाचक्र नगरपालिकामा प्रमुख जान नमानिरहेको अवस्थामा पदमबहादुर बुढा क्षेत्री गएर कामकाज सुरु भइसकेको बेला दुई हप्तामा फेरि सरुवा गरेर खाँडाचक्र नगरपालिका कर्मचारी प्रमुखविहीन बनाएकोप्रति आफू दुःखी भएको बताउनुभयो ।

नगरपालिका स्थापना भएको नौ वर्षसम्म दरबन्दी अनुसारका कार्यालय प्रमुख नभएकाले हरेक काममा अवरोध हुँदै आएको कर्मचारीको भनाइ छ । प्राविधिक शाखामा कार्यरत सबइन्जिनियर कम्बरबहादुर बमले कार्यालय प्रमुखको अभावको खाँचो हुँदै जाने हो भने हरेक काममा अवरोध हुँदै आएको बताउनुभयो । उहाँले सूचना गर्दा होस् या कुनै नितिगत निर्णय गर्दा दरबन्दी अनुसारका कार्यालय प्रमुख नहुँदा समस्या हुँदै आएको बताउनुभयो ।

खाँडाचक्र नगरपालिका चार महिना मात्र दरबन्दी अनुसारका उपसचिव कार्यालय प्रमुख बसे पनि पछिल्लो समय गत भदौमा सरुवा भएर तिहार अगाडि हाजिर भएका कार्यालय प्रमुखलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेकाले पुनः नगरपालिका कार्यालय प्रमुखविहीन भएको हो ।

यस्तो अवस्थामा मन्त्रालयले रेकर्ड राख्नु पर्ने हो, हचुवाको भरमा २१ दिनमा कार्यालय प्रमुख अन्यत्र सरुवा गरेर पुनः नगरपालिका खाली गराएको कर्मचारीको भनाइ छ । कालीकोटको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । यहाँ मन्त्रालयले दरबन्दी अनुसारका कर्मचारी नपठाउने, पठाए पनि कर्मचारी हरेक बहाना बनाएर काजमा अन्यत्र जाने रोग नै बनेको छ । रास्कोट नगरपालिकामा भने नौ वर्षपछि उपसचिव  महेन्द्रजङ्ग शाही हाजिर हुनुभएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...