अनुमति नलिई सञ्चालित मनकामना अस्पताल बन्द गर्न निर्देशन

Published on

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक नीजि अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो । अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गर्दा अटेर गरेपछि दर्ता प्रक्रिया पूरा नगरेसम्मका लागि पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभएको छ ।

नगरपालिका र स्वास्थ्य कार्यालय झापाले गत असोज ३० गते अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन अस्पताललाई लिखित परिपत्र गरेको थियो । उक्त परिपत्र अनुसार काम नगरेपछि नगरपालिकाले बन्द गर्न निर्देशन दिँदै अस्पताललाई पत्र पठाएको छ ।

यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय काकड्भिट्टा लगायतका सरोकारवाला निकायहरुमा पठाइएको नगरपालिकाले जनाएको छ । नगरको स्वास्थ्य शाखामा समेत दर्ता नभएको र अस्पताल अवैध रूपमा सञ्चालन गरिएको ठहर गरेर बन्द गरिएको अधिकारीले जनाउनुभयो । स्थानीय तह सञ्चालन ऐन अनुसार, स्थानीय स्तरमा खुल्ने स्वास्थ्य संस्थाको अनुगमन र कारवाही गर्ने अधिकार नगरपालिकाको स्वास्थ्य शाखालाई रहेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...