सुकेटार विमानस्थलमा उडान तालिका थप

Published on

काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले उडान तालिका थप गरेको छ। यसअघि साताको शुक्रबार मात्र सञ्चालन हुँदै आएको ताप्लेजुङ–काठमाडौँ–ताप्लेजुङ उडान अब सोमबार पनि नियमित रूपमा हुने भएको हो। निगमको ग्राउन्डेड अवस्थामा रहेको जहाज मर्मतपछि पुनः सञ्चालनमा आएपछि उडान तालिका विस्तार गरिएको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल साताको शुक्रबार र सोमबार गरी दुई दिन उडान हुने व्यवस्था गरिएको छ। निगमसँग रहेका दुवै ट्विनअटर विमान सञ्चालनमा आएपछि यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै उडान थप गरिएको हो।

कार्कीका अनुसार साताको बुधबारसहित तीन दिन नियमित उडानका लागि प्रस्ताव केन्द्रमा पठाइएको छ। प्रस्ताव स्वीकृत भए ताप्लेजुङमा साताको तीन दिन नियमित उडान हुने बताइएको छ। सोमबारका लागि तय भएको पछिल्लो उडान प्राविधिक कारणले स्थगित भई मंगलबार सञ्चालन गरिएको थियो। उक्त उडानमा काठमाडौँबाट सात जना यात्रु ताप्लेजुङ आएका र ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेको इन्चार्ज कार्कीले जानकारी दिनुभयो।

हाल मौसम अनुकूल भएको र निगमका दुई विमान दुवै सञ्चालनमा रहेकाले सातामा न्यूनतम दुई उडान नियमित रूपमा हुने निगमले जनाएको छ। यात्रुको मागका आधारमा आगामी दिनमा बुधबारको उडान पनि थप गर्ने तयारी भइरहेको छ। हालका लागि अर्को नियमित उडान शुक्रबारका लागि तय गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...