धनकुटामा झाडीभित्र बेवारिसे भरुवा बन्दुक फेला

Published on

काठमाडौं । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–१०, चुङमाङमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। उक्त बन्दुक झाडीभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो। धनकुटाको हिलस्थित प्रादेशिक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

प्रवक्ता कार्कीका अनुसार सो बन्दुकमा बारुद र गोली भने फेला परेका छैनन्। बन्दुकलाई झाडीभित्र लुकाएर राखिएको अवस्थामा भेटिएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताउनुभयो। प्रहरीले बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...