धनकुटामा झाडीभित्र बेवारिसे भरुवा बन्दुक फेला

Published on

काठमाडौं । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–१०, चुङमाङमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। उक्त बन्दुक झाडीभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो। धनकुटाको हिलस्थित प्रादेशिक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

प्रवक्ता कार्कीका अनुसार सो बन्दुकमा बारुद र गोली भने फेला परेका छैनन्। बन्दुकलाई झाडीभित्र लुकाएर राखिएको अवस्थामा भेटिएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताउनुभयो। प्रहरीले बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...