तनहुँमा बालबालकलाई ‘स्वर्णवन्दिु प्राशन’ सुरु

Published on

काठमाडौं । तनहुँमा पहिलो पटक बालबालकलाई ‘स्वर्णवन्दिु प्राशन’ कार्यक्रम सुरु गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालकलाई लक्षित गर्दै  प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले मङ्गलबारबाट सुरु गरेको हो ।

प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका प्रमुख डा. नारायण श्रेष्ठका अनुसार बालबालकलाई बिहान ७ देखि १० बजेसम्म प्राशन गराइनेछ । यस वर्ष पहिलो पटक सञ्चालन भएकाले सहभागी बालबालकको सङ्ख्या निश्चित नभए पनि आगामी दिनमा कार्यक्रम अझ सहज हुने डा. श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नेपालका २५ जिल्लामा यस वर्षबाट स्वर्णवन्दिु प्राशन कार्यक्रम सुरु भएको छ । प्रत्येक कुशे नक्षत्रको समयअनुसार बालबालकलाई प्राशन गराइनेछ ।

डा. श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइनेछ ।  स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा. श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिनुभयो । 

नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको कुशे नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराईने चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्ने डा. श्रेष्ठ बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...