झापामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Published on

काठमाडौं । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना सोमबार राति करिब ८ः३० बजे नयाँ बस्तीस्थित भित्री सडकखण्डमा भएको हो। सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा कनकाई–३ सरस्वती टोलका ३४ वर्षीय दीपक सिटौला गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको कमान्डमा खटिएको टोलीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र चालकहरूलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालकहरूमा कनकाई–६ का २३ वर्षीय नितेश बस्नेत र बाह्रदशी–७ सुन्दर टोलका २१ वर्षीय उत्सव बस्नेत रहेका छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...