कञ्चनपुरमा कल्भर्टभित्र पुरुषको शव फेला

Published on

काठमाडौं । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–२ दैजीस्थित शंकर इँटा भट्टा नजिक एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। शव मङ्गलबार बिहान सडकको कल्भर्टभित्र सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिनुभयो।

पूर्व–पश्चिम राजमार्गसँग जोडिने सडक खण्डमा दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय दैजीका प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले शव निकाल्ने कार्य गरिरहेको डीएसपी बोहराले बताउनुभयो।

शवको पहिचान भने अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...