प्रधानमन्त्री कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभयो

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ। ट्वीटर (एक्स)मार्फत् पोस्ट गर्दै उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेख्नुभएको छ कि दुःखको घडीमा नेपाल सधैं भारतको साथमा रहेको छ। उहाँको शब्दमा, “हिजो साँझ भएको दुःखद् दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।”

विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेहरूको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...