पञ्चकोटमा ‘विष्णु सहश्रनाम’लाई १४ लाख पटक पाठ

Published on

काठमाडौं । पञ्चकोटमा निर्माण गरिने एक सय ३५ फिट अग्लो कलस निर्माण अभियान सफल पार्न असार २२ गतेदेखि सुरु भएको चौमासिक महायज्ञ समापन भएको छ । चार महिनादेखि विष्णु सहश्रनामलाई १४ लाख पटक पाठ गरिएको थियो ।

महायज्ञको समापन गर्दै कलस निर्माणसहित पञ्चकोटका गतिविधि सञ्चालन गर्न काम थालिने भएको हो । बागलुङ नगरपालिका वडा नं. ५ को मालिकामा रहेको गण्डकी गोपाल गोबंश संरक्षण केन्द्रमा चौमासिक अखण्ड श्रीविष्णु सहश्रनाम पाठ पारायणको महापूर्णहुती तिलक प्रसाद वितरण, महाअभिषेक एवम् सम्मान कार्यक्रम समेत गरिने भएको हो ।

२०७१ सालमा शिलान्यास भइ निर्माण प्रारम्भ भएको यो स्थानमा धेरै मठमन्दिर बनिसकेका छन् । कालीगण्डकी सभ्यताको संरक्षण गर्ने, जलसम्पदाको संरक्षणको प्रतिक स्वरुप कलस निर्माण गर्ने काम भइरहेका छन् । राज्यको तर्फबाट आउने बजेटमा पटक पटक कटौती हुँदा धेरै निर्माण आयोजना अलपत्र परेका थिए । स्थानीयले भने पटक पटक दान दिएर यहाँ हरेक वर्ष महायज्ञ सञ्चालन गर्नेदेखि पुर्वाधार निर्माणमा सहयोग गर्दै आएका छन् ।

त्यस बाहेक सर्वसिद्दिधाम पञ्चकोट विकास परिषदमार्फत गण्डकी महासभासहित विभिन्न कार्यक्रम भइरहेका छन् । मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्यको अगुवाइमा एकै वर्षमा आधा दर्जन स्थानमा महायज्ञहरु भइरहेका छन् । जसमध्ये मुक्तिनाथमा मात्रै ६ महिने महायज्ञ एवम् पञ्चमहालक्ष्मी मन्दिर भक्तपुरमा बाल्मिकीय रामायण पाठसहित विभिन्न स्थानमा चारदेखि ६ महिने महायज्ञहरु भइरहेका हुन् । ती महायज्ञहरुको पनि समापन गरेर निर्माण अभियानलाई अगाडि बढाउने परिषदका संस्थापक रहेका कमलनयनाचार्यले बताउनुभयो ।

उहाँले पञ्चकोटमा कलस निर्माणसहित गौशाला थप व्यवस्थापन गर्ने, जडिवुटी प्रशोधन केन्द्र निर्माण, मुक्तिनाथ बाबा परिक्रमा चक्रपथ निर्माण सहितको अभियानलाई एक अर्ब २५ करोड खर्च लाग्ने बताउनुभयो । त्यो रकम राज्यका निमायबाट केही सहयोग जुटाउन सकेमा बाँकी स्थानीयको जोडबलमा निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

चालु वर्ष आठ करोड रुपियाँको टेण्डरमा केही निर्माणको काम सुरु भएको छ । त्यस बाहेक चक्रपथका लागि एक करोड, गौश्वारा जाने सडकका लागि बजेट विनियोजन भएर काम थालिएको छ । त्यस्तै संसारकोटमा पुरातत्व विभागले अध्ययन थालेको छ ।

यो अभियान पूरा गरेसँगै उहाँले नेपालभित्रै कम्तिमा १० लाख स्थानीय प्रजातीका गाई पालन गर्ने लक्ष्य राख्नुभएको छ । त्यसका लागि राज्यले कम्तिमा १० हजार बिगा जग्गा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । उहाँकै अगुवाइमा मालिकामा बनेको गौशालामा ५५ गाई संरक्षित छन् । पर्वतको धाइरिङमा थप ५८ गाई संरक्षण गरिएको छ । नवलपुरको गजेन्द्रमोक्ष धाममा भने दुई सय गाई पालिएका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...