अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यमा सुधार

Published on

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रलाई करिब तीन हप्ता उपचारपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको छ। उहाँलाई श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको थियो।

धर्मेन्द्रको उपचारमा संलग्न चिकित्सकहरूको टोलीका सदस्य डा. प्रीत सम्दानीले बीबीसी हिन्दीसँग कुरा गर्दै बुधबार बिहान उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो।

स्वास्थ्य अवस्था सुधारोन्मुख छ वा अझै गम्भीर छ भन्ने प्रश्नमा डा. सम्दानीले भन्नुभयो, “म यसबारे बढी केही भन्न सक्दिन। उहाँलाई घर लैजाने निर्णय परिवारको थियो।”

यसअघि मङ्गलबार, धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले सामाजिक सञ्जालमार्फत अभिनेता धर्मेन्द्रको ‘मृत्यु’ सम्बन्धी गलत समाचारप्रति कडा आपत्ति जनाएका थिए। उनीहरूले धर्मेन्द्रको अवस्था स्थिर रहेको र अफवाहमा विश्वास नगर्न जनतालाई आग्रह गरेका थिए।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...