प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटका क्रममा महानिरीक्षक खापुङले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महानिरीक्षक खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ सिंहदरबार पुग्नुभएको थियो ।  प्रधानमन्त्री कार्कीले खापुङको आगामी जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...