सर्पको बिगबिगी यथावत्

Published on

 काठमाडौं । प्रायः जसो गर्मी मौसममा सर्प देखा पर्ने र सर्पदंशका घटना बढी हुने गर्छन । तराईमा कात्तिकको अन्तिम साता लाग्दा जाडो सुरु भइसकेको छ । बिहान घाँसमा तुसारो पर्न थालिसकेको छ । जाडोमा सर्प जमिनमुनि लुक्ने गरेको बताइए पनि यस वर्ष भने सर्पको बिगबिगी देखिएको छ । 

विगतमा यो समयमा सर्प खासै देखिँदैनथ्यो । सर्प उद्धारकर्ता सारु कान्छाका अनुसार अहिले पनि दैनिक जसो सर्प उद्धार गर्न भन्दै फोन आउने क्रम रोकिएको छैन । तराईमा हरेक वर्ष वैशाखदेखि असोजसम्म विषालु सर्प जमिनमुनिबाट बाहिर आउने गर्छन् र असोज अन्तिम सातादेखि सर्प देखिँदैनथ्यो तर यस वर्ष जाडोयाम सुरु भइसक्दा पनि सर्प उद्धार गर्न भ्याइनभ्याइ भइरहेको उहाँले बताउनुभयो । 

अर्का सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा बुधबार भेटिएको किङ कोब्रा १२ फिट तीन इन्च लम्बाइ र सात किलो दुई सय ग्राम लम्बाइको छ । पहाडी भेगमा पाइने किङ कोब्रा (राजगोमन) तराई क्षेत्र रुपन्देहीमा भेटिएको यो पहिलो पटक हो ।

बुधबार सर्प उद्धारकर्ता सारु कान्छा, विशाल पाण्डे, सागर पाण्डे र विश्वास पाण्डेले स्थानीय चरङ्गेको एक गोठको छानामा देखिएको किङ कोब्राको तीन घण्टा लगाएर उद्धार गरेका थिए । किङ कोब्रा उद्धार गरिसकेपछि बुधबार नै डिभिजन वन कार्यालय रुपन्देहीको रोहबरमा सर्जमिन गरी सुरक्षित वासस्थानमा छोडिएको हो । 

सर्प उद्धारकर्ता सारु कान्छाले किङ कोब्रा उद्धार गरेको दुई घण्टापछि बुधबार साँझ बेन्डेट करेत सर्पको पनि उद्धार गर्नुभयो । सारु कान्छाले रुपन्देहीको सैनामैना नगरपालिका सालझन्डीमा बेन्डेट करेत सर्प उद्धार गरेर नजिकैको जङ्गलमा लगेर छोडेको बताउनुभयो ।

तराईमा गर्मी महिनामा विषालु सर्पको बिगबिगी हुने गर्छ तर यो वर्ष भने कात्तिक अन्तिम साता पनि विषालु सर्प देखिने क्रम नरोकिएको सर्प उद्धारकर्ता विशाल पाण्डेले बताउनुभयो । अहिले विषालु सर्प जाडो बढी हुन थालेपछि जमिनमुनि जाने क्रममा सुरक्षित स्थानको खोजी गर्दै घरवरिपरि देखिने गरेको हुन सक्ने बताउनुभयो । 

गत साउनमा रुपन्देहीको तिलोत्तमाका सर्प उद्धारकर्ता विशाल पाण्डेले एकै दिन १३ वटा गोमन (कोब्रा) सर्पको उद्धार गर्नुभएको थियो । 

सर्प उद्धारकर्ता सारु कान्छाले छ वर्षअघिदेखि सर्प उद्धार गर्दै आउनुभएको छ भने अर्का सर्प उद्धारकर्ता विशाल पाण्डेले बिगत चार वर्षदेखि सर्प उद्धार गर्दै आउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...