कोरिया भ्रमणपछि मन्त्री खरेललाई एआई क्षेत्रमा नयाँ ऊर्जा

Published on

काठमाडौं । नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेलगत्तै मन्त्री खरेल दक्षिण कोरिया पुगेका थिए। सिओल एआई फाउन्डेशनद्वारा सञ्चालित स्मार्ट सिटी सेन्टरको अवलोकनपछि उनले कोरियाको सूचना तथा एआई प्रविधि नेपालका लागि अत्यन्त उपयोगी र सान्दर्भिक हुने विश्वास व्यक्त गरे। अवलोकनले नेपालको एआई विकासका लागि नयाँ ज्ञान, सिकाइ र व्यवहारिक अनुभव प्रदान गरेको उनले बताए।

नेपाली प्रतिनिधिमण्डलले त्यहाँको एआई सिटी, एआई सेन्टर तथा एआई प्रयोगका विभिन्न गतिविधि नजिकबाट हेरेको थियो। भ्रमणपछि मन्त्री खरेलले नेपालमा हालै एक कोठाबाट सुरुआत गरिएको एआई केन्द्रलाई क्रमिक रूपमा प्रभावकारी बनाइने तथा कोरियाबाट प्राप्त अनुभवले त्यसमा टेवा पुग्ने उल्लेख गरे। साथै, उनले त्यहाँका विज्ञहरूसँग एआईको अवसर, सम्भावना र भविष्यबारे विस्तृत परामर्श गरेका थिए।

मन्त्री खरेल ‘११ औं ग्लोबल आइसिटी लिडरशिप फोरम’मा भाग लिन कात्तिक २५ गतेदेखि दक्षिण कोरिया पुगेका हुन्। कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय (MSIT) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA) द्वारा संयुक्त रूपमा आयोजित उक्त फोरमलाई उनले डिजिटल नेपाल तथा डिजिटल रूपान्तरणका लागि उपयोगी र फलदायी रहेको बताए। कार्यक्रममा मन्त्री खरेलसँगै उनका स्वकीय सचिव उद्धव भट्टराई तथा दक्षिण कोरियास्थित नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फे पनि सहभागी भएका थिए।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...