लुम्बिनी प्रदेशको हिउँदे (सातौँ) अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने

Published on

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मङ्सिर ८ गतेदेखि आह्वान गरेका छन्। कात्तिक २४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन गरेको अनुरोधलाई स्वीकार गर्दै प्रदेश प्रमुखले संविधानबमोजिम अधिवेशन घोषणा गरेका हुन्।

नेपालको संविधानको धारा १८३(१) र धारा १६६(२) का आधारमा मङ्सिर ८ गते सोमबार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुने जानकारी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुवँरले दिएका छन्।

यस अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक तथा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन्। साथै दलित अधिकार सम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ।

त्यससँगै विभिन्न समितिका प्रतिवेदन तथा महालेखा परीक्षकको प्रतिवेदन पनि यसै अधिवेशनमा छलफलका लागि प्रस्तुत हुने छन्। लुम्बिनी प्रदेशको वर्षे अधिवेशन गत भदौ ३१ गते सम्पन्न भएको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...