सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

Published on

काठमाडौं । सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ । 

वाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा  नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको प्रयोगमा पत्रकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सुशासन कायम गर्न सूचनाको हकको उपयोग हुनु प्रशंसनीय छ भन्दै सही सूचनाले समाजमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।  वाग्मती गाउँपालिका–२ का अध्यक्ष रामबहादुर ब्लोनले जनचाहनाअनुरुप पत्रकार र स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोका र ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी अहोरात्र खट्नुपर्छ भन्नुभयो ।  रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...