पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर : उपसभामुख ईशर

Published on

काठमाडौं । मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गर्नुभएको छ  ।बिहीबार सभामुख रामचन्द्र मण्डलेले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गर्नुभएको थियो ।

उता उपसभामुख ईशरद्वारा विज्ञप्तिमा सभामुखले गर्नुभएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको उल्लेख छ । साथै कारबाहीमा परेका पाँच सांसद कात्तिक २२  गतेको बैठकमा उपस्थित रहेको प्रष्ट पार्नुभएको छ । उपसभामुख ईशरद्वारा जारी विज्ञप्तिमा ‘‘मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते पाँच जना प्रदेश सभा सदस्यहरुको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफुमाथि यही कात्तिक २७ गते बिहिबार प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सो को उपनियम ३ बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरुप आवेगमा गरेको निर्णय हो ।’’ भनिएको छ ।

पत्रमा मधेश प्रदेशसभाको पछिल्लो पटक मिति २०८२/७/२२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण प्रदेशसभा सदस्य उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकाले सो पद रिक्तसम्बन्धी सूचना बदर गरिएको उल्लेख गरिएको छ ।

यस अधि मधेश प्रदेशसभा सचिवालयले पद रिक्तको जानकारी सम्बन्धमा सूचना जारी गरी मधेश प्रदेशको पाँच जना प्रदेशसभा सदस्यका पदमुक्त भएको सूचना जारी गरेको थियो । उक्त सूचनामा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह, जसपा नेपालका सप्तरीका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य सन्जय कुमार यादव, पर्साका प्रदेशसभा सदस्य सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार पद मुक्त भएको सूचना जारी गरेको थियो । 

प्रदेशसभा सचिवालयले बिहीबार नै जारी गरेको सूचनाअनुसार लगातार दश वटा बैठकमा अनुपस्थित रहेका कारण उनीहरूको पद रिक्त गरिएको जनाएको थियो  । उक्त सूचनामा मधेश प्रदेशसभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेशसभामा लगातार दस वटा बैठकमा अनुपस्थित रहेका कारण उनीहरुलाई २०८२/७/२७ गते देखि प्रदेशसभा सदस्य वाट पद मुक्त भएको हुँदा निजहरु प्रदेशसभा सदस्यको स्थान रिक्त भएको बेहोरा   प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८५ बमोजिम सबैलाई जानकारी गराएको सूचनामा उल्लेख गरिएको थियो । प्रदेशसभा मै छिन छिनमा फरक फरक पत्र जारी हुन थालेपछि मधेश प्रदेशसभा भित्रमा पनि विवाद शुरु भएको सहजै अभाष गर्न सकिन्छ ।

यस अघि प्रदेशसभामा बिहिबार सात राजनीतिकदलका  ६४ जना प्रदेशसभा सदस्यहरुको समर्थन सहित सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको  प्रस्ताव दर्ता गराउन प्रदेशसभा पुगेका सात दलका प्रदेशसभा सदस्यहरु सँग प्रदेशसभा भित्रमा सभामुखका समर्थकहरुवाट दुर्व्यहार तथा हातपात भएको आरोप लगाइएको छ । सभामुख मण्डलका समर्थकहरुले ति प्रदेशसभा सदस्यहरुलाई दुर्व्यहार गरी केही समय उपसभामुख कै कार्यकक्षमा थुनेको आरोप रहेको छ । यस विषयमा सभामुख मण्डले आफुलाई केही जानकारी नभएको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुभएको थियो ।

उहाँले प्रदेशसभामा आएका सांसदहरु उपसभामुखको कार्यकक्षमा गएर करिव चार घण्टा बसेको र उक्त समयमा के गरेको विषयमा आफुलाई जानकारी नभएको बताउनुभएको थियो । सभामुख मण्डलले प्रदेशसभामा आएका प्रदेशसभा सदस्यहरुलाई आफुले आफनो कार्यकक्षमा छलफलका लागि बोलाँउदा पनि उहाँहरु नआएको भन्दै उपसभामुखको कार्यकक्षमा के भयो भन्ने बारेमा आफुलाई केही जानकारी नभएको बताउनुभएको थियो ।

प्रस्ताव दर्ताका लागि प्रदेशसभामा रहेको सातदलका प्रदेशसभा सदस्यहरुलाई प्रहरीले सुरक्षित रुपमा प्रदेशसभाबाट बाहिर निकालेका थिए ।गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...