बिच सडकमा जीर्ण अवस्थामा रहेको विद्युत् पोल

Published on

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौली सडकको बिचमा रहेको जीर्ण विद्युत् पोल नफेर्दा स्थानीय त्रसित भएका छन् । बिच सडकमा रहेको पोल जीर्ण भएर सामान्य हावाहुरीमा पनि जुनसुकै बेला भाँचिन सक्ने अवस्थामा पुगेको छ ।

तर पोल फेर्न विद्युत प्राधिकरणले चासो नदिँदा स्थानीय बस्ती नै जोखिममा परेको देवचुली–२ का वडाध्यक्ष शरदप्रसाद घिमिरेले बताउनुभयो । ‘‘हामीले वडा कार्यालयबाट पटक पटक पोल फेरिदिनका लागि प्राधिकरणलाई लिखित आग्रह गर्‍याैं, तर प्रक्रिया पुर्‍याएर गर्छौ भन्दै प्राधिकरणले टारिरहेको छ,’’ अध्यक्ष घिमिरेले भन्नुभयो, ‘‘दुईतिरबाट तारले तानेको हुनाले अहिलेसम्म ढलेको छैन, कुनै पनि बेला सामान्य हावाहुरीले पनि पोल ढलेर वबस्तीमा क्षति गर्न सक्छ ।’’

अध्यक्ष घिमिरेका अनुसार कुकुरले पोलमा पिसाब फेर्ने गरेका कारण फलामको पोल जीर्ण अवस्थामा पुगेको हो ।

तर विद्युत् प्राधिकरणले भने काम गर्ने मान्छे नपाएर पोल फेर्न नसकेको बताएको छ । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख शिव नारायण गोसलीले यो लगायत अरु ठाउँमा पनि यस्तै मक्किएका पोल रहेको र फेर्नका लागि प्राधिकरणको प्राथमिकतामै रहेको बताउनुभयो ।

‘‘यो लगायत अन्यत्र पनि जीर्ण अवसथामा रहेका पोलहरु फेर्नुपर्ने अवस्थामा छन्, तर दसैँतिहारअघि नै फेर्ने भनिए पनि काम गर्ने मान्छे नपाएर फेर्न सकिएको छैन,’’ प्रमुख गोसलीले भन्नुभयो, ‘‘यो हाम्रो योजनामै छ, कन्ट्रयाक्टर आउने क्रममै भएकाले आएपछि फेर्छाैं ।’’गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...