भारतको पुणेमा ट्रक दुर्घटना : ८ जनाको मृत्यु, १३ घाइते

Published on

काठमाडौं । भारतको पुणे सहर बाहिर नवले पुल नजिक शुक्रबार साँझ भएको भीषण सडक दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएका छन्। ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारीसाधनलाई ठक्कर दिँदा ठूलो जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार फलाम बोकेको ट्रक साँझ ५:४५ बजे मुम्बईतर्फ जाँदै थियो। भूमकर पुल नजिक ‘सेल्फी प्वाइन्ट’ पुग्नेबित्तिकै चालकले ट्रकमा नियन्त्रण गुमाएको र त्यसपछि दुई ट्रक, एक कार, मिनीबस तथा दुई पांग्रे सवारीसहित १३ सवारी साधनमा एकपछि अर्को गर्दै ठोक्किएको प्रहरी नायब उपरीक्षक कदमले जानकारी दिए।

दुर्घटनामा ट्रक चालकसहित आठ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको भारतीय समाचार स्रोतहरूले जनाएका छन्।

प्रहरीका अनुसार दुर्घटना पुणे–नाशिक राजमार्गको भोरगाउँ क्षेत्रमा भएको हो। घटनापछि सडक केही समय अवरुद्ध भए पनि सुरक्षाकर्मीले यातायात पुनः सुचारु गरेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...