जिल्ला प्रशासन बाँकेले शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउने

Published on

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गराउने समय दुई दिन मात्र बाँकी रहेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले कात्तिक २९ गते शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार एक सूचना प्रकाशित गरेर मतदाता नामावलीमा राष्ट्रिय परिचयपत्रको नम्बरका आधारमा समेत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरिएकोले शनिबार बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रदान गरिने जनाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले कात्तिक मसान्तसम्म मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउने समय रहेको तथा अन्तिम समयमा आएर नाम दर्ता गराउन चाहनेहरु बढेको देखिएको जनाउँदै बढिभन्दा बढिले नाम दर्ता गराउन सकुन भन्ने उद्देश्यले बिदाका दिन शनिबार पनि राष्ट्रिय परिचयपत्रका कामलाई जारी राखिने बताउनुभयो ।

उहाँले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने वा अन्य कुनै आवश्यक कामका लागि परिचयपत्र बनाउन चाहने जिल्लावासीले शनिबार पनि आएर सेवा लिन सक्ने हुँदा सेवा लिन सबैलाई आग्रह गर्नुभएको छ ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा परिचयपत्र बनाउन आउनेहरुको सङ्ख्या अत्यधिक देखिएकाले बिहानबाट अबेरसम्म पनि परिचयपत्रको काम गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम कुमार सोनकरले बताउनुभयो ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयका सेवा सुविधालाई क्रमशः सुचारु गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...