राष्ट्रियता र लोकतन्त्र रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने ज्ञवालीको आग्रह

Published on

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय उप–महासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणका लागि सबैले एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्। प्रेस चौतारी गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देश संवेदनशील मोडमा पुगेको समय नागरिकको एकताबद्ध भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे।

जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला फर्किएका पूर्वमन्त्री ज्ञवालीले हालको परिस्थितिले लोकतन्त्र जोखिममा परेको र संविधान घाइतेजस्तै अवस्थामा पुगेको दाबी गर्दै जनताले नै यसको रक्षा गर्न सक्ने बताए। जनता नै सर्वोच्च शक्ति भएकाले राष्ट्रलाई गलत दिशातर्फ लैजान खोज्ने प्रवृत्तिबिरुद्ध सबै सचेत रहनुपर्ने उहाँको भनाइ थियो।

सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका मागसहितको जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढिरहेको तर बीचमा भएको घुसपैठका कारण आन्दोलनको मर्ममाथि आञ्च पुगेको उहाँले टिप्पणी गरे। जेनजीका मागहरू सम्बोधन गर्ने जिम्मेवारी संसदकै भएको उहाँले स्पष्ट पार्दै घटनाहरूकाबारे निष्पक्ष छानबिन गरिनुपर्ने र अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

राजनीतिक दलहरूले नै लोकतन्त्रको आधार निर्माण गरेको स्मरण गराउँदै ज्ञवालीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधानविरुद्ध कुनै पनि गतिविधि सहन नहुने बताए।

सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरे पनि तोकिएको समयमा चुनाव हुन सम्भावना कमजोर देखिएको टिप्पणी गर्दै उहाँले निष्पक्ष र निर्भय वातावरण निर्माण सरकारको दायित्व भएको उल्लेख गरे। दलका नेतामाथि प्रतिबन्धजस्ता कदमले समन्वय प्रक्रिया कमजोर बनाएको आरोप लगाउँदै समन्वयको अभावले देश ठूलो सङ्कटमा पर्न सक्ने चेतावनी दिए।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...