शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा शान्तिसुरक्षाको प्रत्याभूति गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली फेला नपर्दासम्म समाजमा शान्तिसुरक्षा कायम रहन नसक्ने बताउनुभयो । 

उहाँले अझैपनि हजारौं हतियार, लाखको सङ्ख्यामा गोली र हजारौं कैदीबन्दी बाहिर नै रहेकाले यस्तो भयपूर्ण वातावरणमा निर्वाचन हुन नसक्ने बताउनुभयो । “त्यत्रा हतियार र गोलीगट्ठा अपराधीको हातमा छन् । जेलबाट भागेका अपराधीहरूले आपराधिक घटना घटाइरहेका छन्”, नेता गुरुङले भन्नुभयो, “अपराधीका हातमा हतियार र गोली भइन्जेल, राजनीतिक दलका नेतालाई स्थानहद तोकेर आतङ्कित पारिराखेर कसरी भयरहित वातावरणमा चुनाव हुनसक्छ ।”

उहाँले देशमा शान्तिसुव्यवस्था कायम गर्न, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन संसद्को पुनर्स्थापना हुनुपर्नेमा जोड दिनुभयो । “ संसद् पुनर्स्थापना गरेर, संविधानलाई बचाएर, जेनजीका  मागहरु सम्बोधन हुनेगरि संविधान संसोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ संसद् पुनःस्थापनापछि सर्वपक्षीय सरकार बनाएर निर्वाचनमा जानुपर्छ ।” उहाँले जेनजीलाई मोहोरा बनाएर ठूलो षड्यन्त्र र योजनाबद्ध रुपमा गणतन्त्र, लोकतन्त्रबादीहरु माथि हमला गरिएको बताउनुभयो । 

“जेनजीका माग जायज थिए, उनीहरूको लक्ष्य यस्तो विध्वंश गर्ने थिएन”, नेता गुरुङले भन्नुभयो, “जेनजीका नाउँमा घुसपैठ गरेर बामपन्थी र लोकनन्त्रवादी नेताका घर र पार्टी कार्यालयहरू ध्वस्त बनाइयो । हामीजस्ता नेतालाई घरबार विहीन बनाइयो ।” उहाँले यो आन्दोलनमा बाह्य शक्तिको पनि हात रहेको सङ्केत गर्नुभयो । उहाँले त्यतिबेलाको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भन्दापनि नियमन गर्न खोजेको बताउनुभयो । उहाँले आज नभएपनि भोलिका दिनमा जसरी पनि सामाजिक सञ्जालको नियमन जरुरी रहेको बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...